Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ,१२१ जनालाई रोजगारी प्रदान

पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ,१२१ जनालाई रोजगारी प्रदान


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ३१ २०७६

  • काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १२१ जनाले एक महिनाको अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका प्रशासकिय अधिकृत ऋषिराम अर्जेलले बताए । युवाहरुले रिब्दीकोट गाउँपालिकाको जलेश्वर मन्दिर परिषर, पालुङ्ग मैनादी, ठिमुरे क्षेत्रमा रही काम गर्ने छन् । यो कार्यक्रमले मुलुकको आवश्यकतामा रोजगारी सिर्जना गर्दै विगतमा वैदेशिक रोजगारका नाममा वाहिरिदै आएका नेपाली श्रमिकलाई स्वदेशमै रोजगार दिने काम सरकारले गरेको र राष्ट्रबाट ठूलो मात्रामा विदेशिने रकमलाई रोक्न समेत यस कार्यक्रमले सहयोग पुर्‍याउने, साथै आएको बजेटको २५ प्रतिशत रकमको आवश्यक साम्रग्री खरिद गरिने र बाँकी रकम ज्याला स्वरुप श्रमिकहरुलाई प्रदान गरिने गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जि.सि.ले बताए ।प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६३ जनालाई बजेट आएपनि गाउँपालिकाले १२१ जनालाई रोजगार प्रदान गरेको छ ।

    गाउँमा नै रोजगार पाएपछि स्थानीय स्तरमा बेरोजगार रही बसेकाहरु खुसी बनेका छन् । पहिलो चरणमा रिब्दीकोट गाउँपालिकाका ५, ६ र ७ नम्बरका बेरोजगार युवाहरुले रोजगार पाउन सफल भएका छन्, भने यस कार्यक्रमलाई क्रमश सबै वडामा पुर्‍याउने गाँउपालिकाको लक्ष्य रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार