Online Nepal शनिबार, बैशाख ८ २०८१

भारतबाट घटेर आयो डिजेलको मूल्य

भारतबाट घटेर आयो डिजेलको मूल्य


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ ।

    आइतबार प्राप्त नयाँ मूल्यअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।

    नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।

    भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।

     

    प्रतिक्रिया
    थप समाचार