Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगन्जबाट २ जना पक्राउ

स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगन्जबाट २ जना पक्राउ


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौं। प्रहरीले वीरगन्जबाट साढे २२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

    उक्त रकमको स्रोत खुलाउन नसकेपछि हुन्डी कारोबारीको आशंकामा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३४ वर्षीय विकाश शाह र सोही महानगरपालिका-१८ का १७ वर्षीय किशोर छन्।

    घण्टाघरमा बीआर ०५ एई ९३४३ नम्बरको स्कुटरमा आइरहेको अवस्थामा प्रहरीले रोकेर खानतलासी गरेको थियो।

    प्रतिक्रिया
    थप समाचार