Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सिभिल मलमा युवकले पेट्रोल छर्किएर आफैँमाथि लगाए आगो

सिभिल मलमा युवकले पेट्रोल छर्किएर आफैँमाथि लगाए आगो


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौं । काठमाडौंको सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । प्रहरी परिसर काठमाडौंका एक प्रवक्ताले दिएको जानकारी अनुसार बिहीबार बिहान ११ः४० बजे उनले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

    अन्दाजी २९/३० वर्षीय विशान लामिछाने गुरुङले आफैँमाथि आगो लगाएपछि उनलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको मैनालीले जानकारी दिए ।

    प्रहरीका अनुसार उनले आफैँमाथि आगो लगाउनुको कारण खुलेको छैन । घटनाबारे प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार