Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

‘प्रेममा खटपट भएपछि’ सिभिल मलमा युवकले लगाएका थिए आफैँमाथि आगो

‘प्रेममा खटपट भएपछि’ सिभिल मलमा युवकले लगाएका थिए आफैँमाथि आगो


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • काठमाडौं । काठमाडौंमा एक पुरुषले बिहीबार आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको घटनाको कारण प्रेम सम्बन्धमा आएको खटपट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    सुन्धारास्थित सिभिल मलको भुईं तलामा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार उनले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएका थिए । आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए ।

    घाइते गुरुङलाई उपचारका लागि सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार