Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नबिल बैंकका ग्राहकले सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान किन्दा छुट पाउने

नबिल बैंकका ग्राहकले सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान किन्दा छुट पाउने


मध्यान्तर
  • बिहिबार, माघ १२ २०७९

  • काठमाडौं । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुट योजना ल्याएको छ।

    ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको बैंकले बताएको छ।

    अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामान खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन्।

    डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको बताएको छ।
    डिजिटल कारोबारमा छुटको व्यवस्थाले बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए।

    यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ। यो सुविधा सीमित अवधिको लागि दिएको बैंकले जनाएको छ।

    बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन्।

    देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य अनुरुप बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार