Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौँ । चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।  लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११:२० मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ।

    गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार