Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा दुई जना पक्राउ

सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा दुई जना पक्राउ


मध्यान्तर
  • शनिबार, माघ १४ २०७९

  • काठमाडौं । सुरक्षा निकायको नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा पूर्व नगर प्रहरी ललितपुरकी २७ वर्षीया मनिषा परियार र सामाखुसीमा स्टेशनरी सञ्चालन गर्दै आएकी चितवनकी ४४ वर्षीया भवानी घिमिरे छन्। कार्यालयको टोलीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो।

    यस्तै उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ। प्रहरीका अनुसार नक्कली कागजात बनाउन मनिषाले पैसा लिने गर्थिन् भने भवानीले नक्कली कागजात बनाउने काम गर्थिन्।

    प्रहरी स्रोतका अनुसार मनिषा परियार पूर्व नगर प्रहरी हुन्। उनले पनि पहिले नक्कली कागजात बनाएर नगर प्रहरीमा भर्ना लिएको स्रोत बताउँछ ।

     

    प्रतिक्रिया
    थप समाचार