Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेप्सेमा २ अंकले वृद्धि, ४० करोड कारोबार

नेप्सेमा २ अंकले वृद्धि, ४० करोड कारोबार


मध्यान्तर
  • सोमबार, असार २ २०७६

  • काठमाडौं । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्री भई ४० करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव २९ अंकले बढेर २ सय ७० दशलमव २६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार ३ करोड २९ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ६ दशमलव ७३ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ८ प्रतिशतले घटेको छ ।

    यस दिन ११ वटा उपपरिसुचकहरुमा ८ वटा समूह बढेको छ भने ३ वटा समूह घटेका छन् ।

    प्रतिक्रिया
    थप समाचार