Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

धनुषामा ६ जना थुनुवा फरार

धनुषामा ६ जना थुनुवा फरार


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौं  । धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् ।

    उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीहरूको खोजी कार्य तीब्र बनाइएको छ । उनीहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार