Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

बाबुले पेट्रोल छर्केर आगो लगादिंदा दुई वर्षे छोराको मृत्यु, आमा घाइते

बाबुले पेट्रोल छर्केर आगो लगादिंदा दुई वर्षे छोराको मृत्यु, आमा घाइते


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौं । बाँकेमा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । आगोले जलेर छोरा  प्रिन्सको गएराति नै मृत्यु भएको छ । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार