Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुईको मृत्यु, ६ जना घाइते

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा दुईको मृत्यु, ६ जना घाइते


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौँ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना गरी आठजना घाईते भएका थिए । ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र कारमा सवार मोरङका धनबहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ । ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठोकिएको थियो । कार चालक विकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार