Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक जनाको मृत्यु

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौं । काठमाडौंको सीतापाइलमा मिनीबस र सुमो एकआपसमा ठोक्किँदा एक जनाकोको मृत्यु र तीन जना घाइते भएको काठमाडौं प्रहरी परिसरले बताएको छ।

    सोमबार बिहान ११ बजे कलंकीबाट सीतापाइला आउँदै गरेको बा२ ख ३६ मिनीबस र सीतापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना१ज ३४२१ नम्बरको सुमो एकआपसमा ठोक्किएको काठमाडौं परिसरका एक एसपीले बताए।

    दुर्घटनामा परेर रसुवाको गोसाइँकुण्ड–६ घर भई हाल पुतलीसडक बस्ने ५१ वर्षीया यायालम घलेको दिउँसो १ बजेतिर मृत्यु भएको छ। दुर्घटना लगतै प्रहरी वृत्त स्वयम्भू र कालीमाटीबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पठाएका थिए।

    प्रहरीले मनमोहन अस्पताल लगिएका तीन जनाको अवस्था सामान्य रहेको र नेसनल अस्पताल कलंकीमा उपचाररत एक जना गम्भीर घाइतेको उपचार भइरहेको जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार