Online Nepal मंगलबार, बैशाख ११ २०८१

टर्कीमा भूकम्पमा परी कम्तिमा ३ हजार ५ सय जनाको मृत्यु

टर्कीमा भूकम्पमा परी कम्तिमा ३ हजार ५ सय जनाको मृत्यु


शिला रम्तेल
  • मंगलबार, माघ २४ २०७९

  • काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३ हजार ५ सय जनाको मृत्यु भएको छ।

    टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.८ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पमा परी कम्तीमा १५ हजारभन्दा बढी मानिस घाइते भएका छन्।

    २ हजार ३ सय ७९ जनाको मृत्यु भएको र १४ हजार ४८३ जना घाइते भएको देशका उपराष्ट्रपतिले बताएका छन् ।

    टर्कीका राष्ट्रपति रेचप एर्दोआनका अनुसार भुकम्पमा परी टर्कीमा मात्रै २ हजार ३ जनाको मृत्यु भएको छ भने १४ हजार ४८३ जना घाइते भएका छन्।

    यसैगरी, सिरियामा कम्तिमा १४ सय जनाको मृत्यु भएको बताइएको छ। साथै, भूकम्पले करिव ५ हजार भवनमा क्षति पुर्याएको छ।

    अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    भूकम्पबाट भवनहरुमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरु अहिले पनि भत्किएका भवनमा पुरिएको हुनसक्ने बताइएको छ भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार