Online Nepal शुक्रबार, चैत्र १६ २०८०

झापाका किसानले गरे सडकमा अण्डा र कुखुरा फयाँकेर बिरोध प्रर्दशन

झापाका किसानले गरे सडकमा अण्डा र कुखुरा फयाँकेर बिरोध प्रर्दशन


मध्यान्तर
  • मंगलबार, माघ २४ २०७९

  • काठमाडौं । झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर प्रर्दशन गरेका छन् ।

    आफ्ना उत्पादनले उचित मुल्य र बजार भाउ नपाएका कारणले आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी एक किसानले जानकारी दिए ।

    कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए । हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परेको छ,’ उनले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ यो स्थिति हटाउन सरकारको ध्यानआर्कषण हुनु पर्ने किसानको माग छ ।

    किसान सडकमा अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए । ‘कुखुरा पाल्ने स्थिति नै छैन । के पाल्नु भनेर त्यहीँ छाडेर आयौं’, उनले भने ।

    यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् । यस अघि चितवनका किसाले चितवनको पुल्चोकमा सडकमा तरकारी फालेर बिरोध गरेका थिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार