Online Nepal बिहिबार, चैत्र १५ २०८०

`अनिंदो रात ´को पिडामा सिड्नीका रन्जित

`अनिंदो रात ´को पिडामा सिड्नीका रन्जित


मध्यान्तर
  • शुक्रबार, माघ २७ २०७९

  • पछिल्लो समय प्रबासबाट नेपाली गीत -संगीत बिधामा प्रबासी नेपालीहरूको उपस्थिति बाक्लिन थालेको छ । प्रबासमा नेपाली सिनेमा र गीत -संगीतले राम्रो बजार पाउंन थालेपछि प्रबासमै छायांकन भएको सिर्जना होस या नेपालमा छायांकन गरिएको होस , प्रबासी नेपालीहरू आफूमा भएको दक्षता, प्रतिभा र क्षमता प्रस्तुत गर्न थालेका छन् ।

    यसै क्रममा यस अघि पनि केही चलचित्र र म्यूजिक भिंडियोमा काम गरिसकेका सिड्नी निबासी रन्जित राज वन्त यतिबेला अर्को म्यूजिक भिडियो अनिंदो रात ( डिजायर लव ) मा देखिने भएका छन । भिडियोको निर्देशन शान थापाले गरेका छन भने रन्जितलाई भिडियोमा प्रेमिकाको भूमिकामा अभिनेत्री वर्षा शिवाकोटीले साथ दिएकी छन । भिडियोको डिओपी अर्जुन तिवारी हुन भने क्यामेरा म्यानमा बुद्द थापा रहेका छन । लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका रन्जित सिड्नीमा यूबा ब्याबसायीका रूपमा स्थापित छन । नेपालबाट कलाकार र चलचित्र लगेर नेपाली चलचित्र, कलाकारहरू र गीत- संगीतको बजारलाई अष्ट्रेलियामा बिस्तार गर्ने मामिलामा उनि लामो समयदेखी लागि पर्दै आएका छन ।

    गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको यूबा फोरम कोषाध्यक्ष भएर नेपाली समाजका लागि पनि योगदान दिंदै आएका रन्जित यतिबेला नेपाल आएका छन । यही सन्दर्भ पारेर प्रेममय भिडियोमा प्रेमिको भूमिकामा देखिएका उनले अभिनय गरेको भिडियोको गीतमा सिड्नीमै रहेका प्रदीप रानाभाटको आबाज र संगीत रहेको छ । भिडियो यसै साता बजारमा आउंने भएको छ ।

    राजन घिमिरे

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार