Online Nepal शनिबार, बैशाख ८ २०८१

टर्कीमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघ्यो

टर्कीमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघ्यो


मध्यान्तर
  • शनिबार, माघ २८ २०७९

  • काठमाडौं । पाँच दिन अगाडी टर्की र सिरियामा  गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।

    हालसम्म भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् ।

    उता सिरियामा भूकम्पपीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ । तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छ । सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ।

    दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। तर, अहिले यसमा बाँच्ने आशा घट्दै गएको छ । यद्यपि केही चमत्कारहरू पनि भइरहेका छन्। उदाहरणका लागि, टर्कीको दक्षिणी हाते प्रान्तमा एउटा पाँच तले भवनमा पुरिएका छ जना मानिसलाई जिउँदै बाहिर निकालिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार