Online Nepal शनिबार, बैशाख ८ २०८१

६ बुँदे सहमति पछि चिकित्सकहरुको आन्दोलन फिर्ता

६ बुँदे सहमति पछि चिकित्सकहरुको आन्दोलन फिर्ता


मध्यान्तर
  • आइतबार, माघ २९ २०७९

  • काठमाडौं । नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार सरकारी टोली र संघबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन फिर्ता लिएर चिकित्सकहरू काममा फर्कन तयार भएका हुन्।

    ‘नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गृह मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसहितको गठित वार्ता टोली र यस संघका पदाधिकारीबीच भएको छलफलबाट निम्न बुँदाहरूमा सहमति भएकोले हालका लागि सम्पूर्ण बन्द तथा आन्दोलनका कार्यक्रमहरू आजैका मितिबाट लागू हुने गरी स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ’, वार्तापछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार