Online Nepal मंगलबार, बैशाख ११ २०८१

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलरक्षक इस्पिलको निधन

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलरक्षक इस्पिलको निधन


मध्यान्तर
  • बिहिबार, फाल्गुन ४ २०७९

  • काठमाडौं । पेनाल्टी रोक्ने क्रममा मैदानमै ढलेका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आएका थिए ।

    बेल्जियमका सञ्चारमाध्यमहरूका अनुसार वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाएका थिए । पेनाल्टी बचाएको खुशीयाली मनाइरहँदा इस्पिल मैदानमै ढलेका थिए ।

    मैदानमै अचेत भएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगे पनि त्यसको केही समयपछि नै उनको मृत्यु भएको बेल्जियमका सञ्चारमाध्यमहरूले खुलाएका छन् । रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने सार्वजनिक गरिएको छैन । खेलका लागि विन्कल स्पोर्ट्सबाट इस्पिलसँगै उनका भाइ पनि बेन्चमा थिए ।

    इस्पिलको निधनमा विन्कल स्पोर्ट्सले समवेदना जनाएको छ । ‘विन्कल स्पोर्ट्स बीका गोलकिपर अर्ने इस्पिलको असामयिक निधनमा विन्कल स्पोर्ट्स गहिरो समवेदना प्रकट गर्न चाहन्छ’, विन्कल स्पोर्ट्सले लेखेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार