Online Nepal शुक्रबार, चैत्र १६ २०८०

भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै

भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै


मध्यान्तर
  • शुक्रबार, फाल्गुन ५ २०७९

  • काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका उहाँको स्वकीय सचीव माधव न्यौपानेले जानकारी दिए ।

    काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।

    उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरको भेन्टिलेटरमा छन् । गएराति साढे १० बजे डा। सुनिल केस्वानीले र साढे ११ बजे डाक्टर सन्दीप मिस्त्रीले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।

    न्यौपानेका अनुसार भण्डारीको शरीरमा फ्लुइडको मात्रा डबल गरी बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो सर्जरी गरिने छ । अर्का डाक्टर संदीपले भने अनुसार भण्डारीका सबै पारामिटरहरू नर्मल रहेका छन् । तर उनलाई ४८ घण्टा भेन्टिलेटरमै राखिने छ ।

     

    प्रतिक्रिया
    थप समाचार