Online Nepal शुक्रबार, बैशाख ७ २०८१

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै


मध्यान्तर
  • शनिबार, फाल्गुन ६ २०७९

  • काठमाडौं । बुधबार राति ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

    भण्डारीसँगै रहेका उनका स्वकीय सचिब माधव न्यौपानेका अनुसार अहिले बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका छन् । भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।

    भण्डारीको सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप ईन्जुरी रहेको कारण सोचे भन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १-२ घण्टा राख्नु पर्ने नियम रहेको कारण दोस्रो अप्रेशन हिजो गर्न नसकिएको जानकारी डा. मुकेशले दिनुभएको छ।

    आज विहान ६:३० बजे डा.धनन्जयले दिएको जानकारी अनुसार अहिले सवै पारामिटर नर्मल रहेका छन। फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनोअक्साईडको मात्रा देखिएको छ । डा. को भनाई अनुसार हाल तल्लो भागमा मात्र कार्वन मोनोअक्साईड रहेकोले हृदयमा असर नपर्ने समेत जानकारी प्राप्त भएको अस्पतालमा सँगै रहेका न्यौपानेले जानकारी गराएका छन्।

    प्रतिक्रिया
    थप समाचार