Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेपालको बाह्य व्यापार २१ प्रतिशतले घट्यो, ९ खर्बको आयात

नेपालको बाह्य व्यापार २१ प्रतिशतले घट्यो, ९ खर्बको आयात


मध्यान्तर
  • बुधबार, फाल्गुन १० २०७९

  • काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनामा नेपालको बाह्य व्यापारमा आयात र निर्यात दुवै घटेको छ।

    भन्सार विभागको तथ्यांकअनुसार आयात १९.९ प्रतिशतले र निर्यात २९ प्रतिशतले घटेको हो।
    अघिल्लो वर्ष माघ महिनामा ११ खर्ब ४७ अर्ब रुपैयाँको आयात र १ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको थियो।

    माघसम्म ९ खर्ब १९ अर्ब रुपैयाँको आयात हुँदा ९३ अर्ब रुपैयाँको निर्यात भएको छ।

    व्यापार घाटा १८.७ प्रतिशत अर्थात् ८ खर्ब २५ अर्ब रुपैयाँ छ। कुल विदेशी व्यापार २०.८४ प्रतिशतले घटेको छ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार