Online Nepal शुक्रबार, बैशाख ७ २०८१

किशोरीलाई दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

किशोरीलाई दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ


मध्यान्तर
  • आइतबार, फाल्गुन १४ २०७९

  • काठमाडौँ । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

    कानूनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार