Online Nepal बुधबार, बैशाख १२ २०८१

विद्युतीय गाडीहरुमा हुण्डाईको एक्सचेन्ज अफर

विद्युतीय गाडीहरुमा हुण्डाईको एक्सचेन्ज अफर


मध्यान्तर
  • सोमबार, फाल्गुन १५ २०७९

  • काठमाडौं । नेपालका लागि हुण्डाईले विद्युतीय गाडीहरुमा एक्सचेन्ज अफर ल्याएको छ ।

    हुण्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जसमा ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुण्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

    यो एक्सचेन्ज अफरमा कोनाको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको छ । यो एक्सचेन्ज अफरले हुण्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

    एक्सचेन्ज अफर योजना नेपाल भरिको हुण्डाई सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार