Online Nepal शुक्रबार, बैशाख १४ २०८१

डिसहोमले ल्यायो आईपीभी सिक्स कार्यान्वयनमा

डिसहोमले ल्यायो आईपीभी सिक्स कार्यान्वयनमा


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौं । डिसहोम फाइबरनेटले इन्टरनेट प्रोटोकल भर्सन सिक्स (आईपीभी सिक्स) कार्यान्वयनमा ल्याएको छ । कम्पनीले सन् २०२३ को सुरुवातबाटै आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो ।
    इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्छ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो ।

    एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै, सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।

     

    प्रतिक्रिया
    थप समाचार