Online Nepal शुक्रबार, बैशाख ७ २०८१

आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसिप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा

आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसिप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौं । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका बिएएमएस तहका ईन्टर्नसीप डाक्टरहरु एक सूत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनरत छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएको प्रावधानअनुसार उनीहरु अस्पतालमा निर्धारित समयसम्मै इन्र्टन गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् । धर्नाले मात्रै आफूहरुको माग सुनुवाइ नभएको भन्दै उनीहरुले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

    आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस ईन्टर्न डा। सुनिल भुसालले आफूहरुलाई महिनामा एक जान पनि विरामी नआउने अस्पतालमा इन्र्टनका लागि पठाइएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम मापदण्डको ५० प्रतिशत पनि पूरा नभएको क्याम्पसमा आफूहरुलाई इन्र्टनमा पठाइँदा उत्पादित जनशक्तिको गुणस्तरमासमेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए ।

    ‘हामीलाई प्रदान गरिएको सेलेबसअनुसार छ महिनाको इन्टर्नसीप नरदेवीमा र छ महिनाको इन्टर्नसीप आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो । सोहीअनुसार हामीले पाउनुपर्छ भनेर माग गरेका थियौं । तर, हामीलाई सेलेबसमा उल्लेख गरिएअनुसार इन्टर्नमा पठाइएन । हामीले किन सेलेबसको अनुसार भएन भनेर प्रश्न गर्यौं । कहीबाट पनि उत्तर पाएनौं । हामी तालाबन्दी र धर्नामा छौं । हाम्रो माग कतैबाट पनि सुनिएन,’– भुसालले गुनासो पोखे ।

    आयुर्वेद जगतमा बेथितिहरु भएपनि मिडियाले समेत उक्त विषयमा बोल्न नचाहेको भन्दै उनले गुनासो पोखे । ‘स्वास्थ्य क्षेत्रमा मिडियाको सरोकार छैन रु पोलिटिकल कन्टेन मात्रै उहाँहरुलाई चाहिएको हो रु चिकित्सा विधामा यस्ता अन्याय हुँदा सोच्नुपर्ने अवस्था छैन रु’– उनले प्रश्न गरे ।
    आन्दोलन आफूहरुको बाध्यता भएको उनले बताए । बाध्य भएर तालाबन्दी र धर्नामा आउनु परेको उनको दाबी छ ।

    आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका निमित्त क्याम्पस प्रमुख डा। देवबहादुर रोकाले विद्यार्थीको माग ठीक रहेको बताए । पत्रकार सम्मेलनमा उपस्थित भएका रोकाले भने–‘उहाँहरुको माग ठीकजस्तो लाग्यो । मेरो पालामा पनि इन्टर्नसीप गर्दा छ महिना किर्तिपुरमा भएको आयुर्वेद शिक्षण अस्पताल र छ महिना नरदेवीको पुरानो अस्पतालमा इन्टर्नसीप गराएर डिग्री दिने चलन थियो । अहिले पछि आएर नरदेवी अस्पतालको प्रशासनसँग क्याम्पस प्रसशानको के कुरा मिलेन रु त्यसो भएर त्यो डियुटीमा पठाउन नरदेवी अस्पतालको डाइरेक्टर मान्नुभएन । नमानेपछि यो इन्टर्नसीप कहाँ गर्ने भन्ने प्रश्न उठेको हो ।’

    यो मुद्दाको समाधानका लागि क्याम्पस प्रमुख जिम्मेवार हुनुपर्ने उनले बताए । नरदेवी अस्पतालको डाइरेक्टरले नमानेमा माथिल्लो निकायलाई अनुरोध गरेर विद्यार्थीको इन्टर्नसीप पुरा गराउनुपर्ने उनको सुझाव छ।

     

    प्रतिक्रिया
    थप समाचार