Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला


मध्यान्तर
  • बुधबार, फाल्गुन २४ २०७९

  • काठमाडौं । नेपाल वायुसेवा निगमका दुई महिला पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईका लागि अन्तर्राष्ट्रिय उडान भरेका छन्। नेवानिले अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर नेपाली महिला पाइटललाई युएई उडानमा सहभागी गराएको हो।

    पाइलट भावना गिरी पन्त र को–पाइलट सिर्जना राउतको टोलीले उडान भरेको नेवानिले जनाएको छ। एयरबस ३२० जहाजमा पाइलट, को–पाइलट र एयर होस्टेस सबै महिला रहेका थिए।

    बुधबार यूएईबाट काठमाडौंका लागि बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रु मेम्बर महिला रहेको निगमले बताएको छ।

    जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ। एयर होस्टेसमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन्।

    निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रु मेम्बर महिला भएको पहिलो उडान हो।

    प्रतिक्रिया
    थप समाचार