Online Nepal शनिबार, बैशाख ८ २०८१

कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीलाई सहयोग प्रदान

कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीलाई सहयोग प्रदान


मध्यान्तर
  • बिहिबार, फाल्गुन २५ २०७९

  • काठमाडौं । कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसले विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ । प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा न। ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका छन् ।

    उक्त विद्यालयका ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरिएको हो । वडा अध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई यी सामानहरु हस्तान्तरण गरिएको हो ।

    कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत यी सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्यान्डका पबित महर्जनले बताए । त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले बताए ।

    यस बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सिताराम लामाले भने,’विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि उनीहरुले जुन सहयोग प्रदान गरेका छन्, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको छ । इन्टर्नेसनल साउन्ड सर्भिस र कुटुम्बको यो सहयोग प्रति हामी आभारी छौँ ।’

    प्रतिक्रिया
    थप समाचार