Online Nepal बिहिबार, बैशाख १३ २०८१

चीनलाई चुनौती दिन एकसाथ उभिए तीन देश : अमेरिका, अस्ट्रेलिया र बेलायत सँगसँगै

चीनलाई चुनौती दिन एकसाथ उभिए तीन देश : अमेरिका, अस्ट्रेलिया र बेलायत सँगसँगै


मध्यान्तर
  • मंगलबार, फाल्गुन ३० २०७९

  • काठमाडौँ । अमेरिका, बेलायत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा परमाणु क्षमताको पनडुब्बी निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

    चीनले बढाइरहेको सैन्य क्षमतालाई चुनौती दिन यी तीन देश एकै ठाउँमा उभिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषक सुनक र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौतापछि परमाणु पनडुब्बीसँग जोडिएका प्राविधिक पक्षलाई बेलायत र अमेरिकाले अस्ट्रेलियासँग साझा गर्नेछन्।

    तीन देशबिच भएको सहमतिलाई ‘अकस’ सम्झौता भनिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले हिन्द प्रशान्त महासागरमा शान्ति स्थापनाका लागि यो सहमति भएको बताएका छन्। उनले पनडुब्बीहरु परमाणु शक्तियुक्त भए पनि त्यसमा परमाणु हतियार भने नहुने बताए।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनीले आफ्नो देशको इतिहासमा हालसम्म रक्षा मामिलामा सबैभन्दा अर्च हुने बताए। यो सम्झौता अन्तर्गत २४५६ अर्ब अमेरिकी ८लर खर्च हुनेछ। सुरुवातमा अस्ट्रेलियालाई अमेरिकामा बनेको तीनवटा पनडुब्बी दिनेछ। त्यसपछि ‘अकस क्लास’ का पनडुब्बी बेलायत र अस्ट्रेलियामा बनाइनेछ। यो अमेरिकी प्रविधि प्रयोग गर्ने बेलायतपछि अस्ट्रेलिया दोस्रो देश हुनेछ।

     

    प्रतिक्रिया
    थप समाचार