Online Nepal शनिबार, बैशाख ८ २०८१

बैँकको ब्याजदर घट्यो ,बैशाखबाट अझै घट्ने सम्भावाना

बैँकको ब्याजदर घट्यो ,बैशाखबाट अझै घट्ने सम्भावाना


मध्यान्तर
  • बुधबार, चैत्र १ २०७९

  • काठमाडौँ । बैँकहरुले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।

    बैकर्स संघले चैतदेखि लागु हुने गरी बचतमा दिने ब्याजदर ०.४२ प्रतिशतसम्म घटाउने निर्णय गरेको थियो । मुद्दति निक्षेपको ब्याजदर भने यथावत् छ ।

    बेकहरुले बचतमा दिने ०.४४ ब्याजदरमा कटौती गरी बचतमा ६देखि ८ प्रतिशत मात्र ब्याजदर दिने निर्णय गरेको छ ।

    बैकहरुले एक बर्ष सम्मको मुद्धति निक्षेपमा ११.०३ प्रतिहत ब्याजदर दिने निर्णय गरेको छ ।

    कर्जामा भने बैंकहरूले प्रिमियदर १ प्रतिशत विन्दुले घटाएका छन् । बैंकहरूले कर्जाको न्यूनतम आधारदर ९बेसरेट०मा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिने गरेमा अब बेसरेटमा ५ प्रतिशत मात्र प्रिमियम लिनेछन् ।

    आजबाट बिकास बैक र फाइन्नासहरुले पनि ब्याजदर घटाएका छन् । विकास बैंकहरूले एक वर्षभन्दा बढी समयको मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत तथा एक वर्षभन्दा कम समयको मुद्दति निक्षेपमा ११.५० प्रतिशत ब्याजदर दिनेछन् ।

    चतमा घटाएको ब्याजदरको प्रभावानुसार चैतमा बैंकहरूको बेसरेट घट्दा ब्याजदर घटेर आउनेछ । बैकरको अनुसार बैशाखबाट अझ ब्याजदर घट्ने सम्भावाना छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार