Online Nepal शुक्रबार, चैत्र १६ २०८०

एनएमबि बैंकको मर्चेन्ट क्युआरमा १००० रूपैयाँ बोनस

एनएमबि बैंकको मर्चेन्ट क्युआरमा १००० रूपैयाँ बोनस


मध्यान्तर
  • बुधबार, चैत्र १ २०७९

  • काठमाडौँ । विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्युआरमा १००० रूपैयाँ बोनस रूपैयाूँ अफर लिएर आएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० रूपैयाँभन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिँदा १००० रूपैयाँको बोनस जित्ने मौका पाइनेछ ।

    यो योजना फाल्गुण १५ देखि सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ

    एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ ।

    एनएमबि बैंकको हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार