Online Nepal शुक्रबार, बैशाख ७ २०८१

राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई एनएमबि बैंकद्वारा प्रोत्साहन पुरस्कार

राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई एनएमबि बैंकद्वारा प्रोत्साहन पुरस्कार


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • काठमाडौं ।  एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ जना खेलाडीलाई सम्मान र हौसला स्वरुप जनही २१००० रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

    यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन्। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौं।’

    २०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कूल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोलि हुन गइरहेको फाइनल म्याचमा युएआइसँग भिड्दैछ।

    भोलिको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ। यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने बैंकले विश्वास लिएको छ।

    उक्त पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खातामार्फत् हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए।

    प्रतिक्रिया
    थप समाचार