Online Nepal मंगलबार, बैशाख ११ २०८१

नेपाल टेलिकमको नयाँ अफर : ६३६ रुपैयाँमा एक महिना ‘फ्री कल’

नेपाल टेलिकमको नयाँ अफर : ६३६ रुपैयाँमा एक महिना ‘फ्री कल’


मध्यान्तर
  • शुक्रबार, चैत्र ३ २०७९

  • काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।

    यस अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा तीस दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउनेछन् ।

    यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पाउनेछन् । यस अफरमा अन नेट एक सय पचासवटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    यस्तै यो प्याक अन्तर्गत प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटासमेत प्रयोग गर्न सक्नेछन्, यो डाटा सकिएमा ६४ केवीपीएस गतिको इन्टरनेट चलाउन पाइने नेपाल टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार