काठमाडौँ । मोरङको बेलवारीबाट श्रीमती हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतले ५३ वर्षीय श्रीमती देवी महतलाई घरायसी वादविवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरी फरार रहेका महतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई पथरीस्थित पश्चिम बसपार्कबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।