Online Nepal बिहिबार, बैशाख ६ २०८१

आजको मौसम : मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भू-भागका केही स्थान तथा तराई भु-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया
    थप समाचार