Online Nepal आइतबार, फाल्गुन २० २०८०

कुमारी घरको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

कुमारी घरको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घरको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।

    कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा छ ।

    सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पुर्याएको हो ।

    प्रतिक्रिया
    थप समाचार