Online Nepal शनिबार, बैशाख ८ २०८१

सुनको मुल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


मध्यान्तर
  • आइतबार, चैत्र ५ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । आज सुनको मूल्यले नयाँ इतिहास बनाएको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।

    सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिवले बताए ।

    शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।

    आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो ।

    यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार