Online Nepal शनिबार, बैशाख ८ २०८१

धनुषामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

धनुषामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, चैत्र ११ २०७९

  • काठमाडौं । धनुषामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ  । आज बिहान मिथिला नगरपालिका -३ हरिहरपुरमा ट्रक ठोक्किँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीका २८ वर्षिय चालक सागर चौधरी सहचालक अर्जुन चौधरी र मोरङ्का ४४ वर्षियलोकमान श्रेष्ठको मृत्यु भएको हो । यस्तै सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठको घाइते भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार