Online Nepal बिहिबार, बैशाख १३ २०८१

२६.८७ अंकले घट्यो नेप्से

२६.८७ अंकले घट्यो नेप्से


मध्यान्तर
  • आइतबार, चैत्र १२ २०७९

  • काठमाडौं । साताको पहिलो काराबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा कायम भएको छ ।

    आज २५९ कम्पनीका एक अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको २७ लाख ५४ हजार ३३४ किक्ता सेयर किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.३९ प्रतिशतले घटेर ३५६ कायम भएको छ । आज १३ वटै उपसमूहको समूहगत ओरालो लागेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ ।

    आज १३ वटै उपसमूहको समूहगत ओरालो लागेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ । आज तीन कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको हो ।

    प्रतिक्रिया
    थप समाचार