Online Nepal शुक्रबार, बैशाख ७ २०८१

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार


मध्यान्तर
  • मंगलबार, चैत्र १४ २०७९

  • काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १२.१० अंकले बढेर १,९१८.१० को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६७ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९५ रुपैयाँ रहेको छ ।

    त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सुपर माइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०% ले कमाएका हुन् । सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ९.९९ %कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि ९ .९९ % दरले कमाएका हुन् ।

    त्यसैगरी आज सबैभन्दा धेरै तेह्रथम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.१७ % ले गुमाएले हुन् ।

    प्रतिक्रिया
    थप समाचार