Online Nepal शुक्रबार, चैत्र १६ २०८०

वैदेशिक रोजगार बोर्डले आजदेखि विदेशमा रहेका नेपालीलालाई स्वास्थ्य परामर्श सेवा दिने

वैदेशिक रोजगार बोर्डले आजदेखि विदेशमा रहेका नेपालीलालाई स्वास्थ्य परामर्श सेवा दिने


मध्यान्तर
  • बुधबार, चैत्र १५ २०७९

  • काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा दिने भएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिफोनमार्फत स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो।

    स्वास्थ्य समस्या पहिचान गरी समाधान उपायबारे जानकारी दिने उद्देश्यले यो सेवा सुरू गरिएको छ। चिकित्सकहरूले नै स्वास्थ्य परामर्श सेवा दिनेछन्।आज बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरू गर्न लागिएको हो।
    वैदेशिक रोजगार बोर्डको सचिवालयका सूचना अधिकारी राजन पौडेलले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा उपलब्ध गराइने बताए।

    ‘नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर यो सेवा सुरू गर्न लागिएको हो। जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गरेर परामर्श लिन सकिन्छ,’ उनले भने, ‘कसैलाई औषधि आवश्यक पर्ने भयो भने चिकित्सकहरूले औषधिको नाम सिफारिस गरिदिनुहुन्छ।’

    सबै प्रकारका बिरामीले विशेषयज्ञहरुसँग परामर्श गर्न सक्ने पनि उनले बताए।

    प्रतिक्रिया
    थप समाचार