Online Nepal शनिबार, बैशाख ८ २०८१

एपीएफले लगातार तेस्रोपटक पनि जित्यो ललितपुर मेयर कपको उपाधि

एपीएफले लगातार तेस्रोपटक पनि जित्यो ललितपुर मेयर कपको उपाधि


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौँ । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रोपटक पनि नेपाल एपीएफ क्लबले हात परोको छ । तेस्रो संस्करणको उक्त उपाधि हात पारेसँगै एपीएफ लगातार तेस्रो पटक प्रतियोगिताको च्याम्पिएन बनेको हो ।

    बिहीबार टियु मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफले जितेको हो ।

    खेलमा एपीएफले कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको थियो । तर, कोशी ले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।

    टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

    यसअघिको दोस्रो र पहिलो संस्करणमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेर उपाधि कब्जा गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार