Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ई–सिम उपलब्ध गराउने

नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ई–सिम उपलब्ध गराउने


मध्यान्तर
  • बिहिबार, बैशाख ७ २०८०

  • काठमाडौँ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नकालागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ । यस सम्बन्धमादुई संस्थाबीचआज (२०८० बैशाख ७ गते) एक सम्झौता सम्पन्न भएको छ ।

    सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट िवतरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका छन् ।

    सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरण सँगको व्यावसायिक सहकार्यकालागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।

    नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोम ाखुशी व्यक्त गरे ।

    नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीकालागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियर सम्मक्षमता भएकाथ्री फेज ग्राहकहरुकालागि ई–सिमप्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।

    प्रतिक्रिया
    थप समाचार