Online Nepal शुक्रबार, चैत्र १६ २०८०

द भ्वाइस किड्स नेपाल–२’ को भोटिङ राउण्डमा पुगेकी परिश्नाले गरिन् भोटका लागि अपिल

द भ्वाइस किड्स नेपाल–२’ को भोटिङ राउण्डमा पुगेकी परिश्नाले गरिन् भोटका लागि अपिल


मध्यान्तर
  • शुक्रबार, बैशाख ८ २०८०

  • काठमाडौं। सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल–२’ का भोटिङ राउण्डमा पुगेकी बाल गायिका परिश्ना बास्तोलाले भोटिङका लागि अपिल गरेकी छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले सबै दर्शकहरु माझ भोटिङको अपिल गरेकी हुन् । उनले खल्ती एप्समार्फत कोच सुशान्त केसीमा गएर आफूलाई भोट गर्नका लागि सबै दर्शकसमक्ष आग्रह गरेकी छन् ।

    ‘मैले मेरो ब्लाइन्ड र ब्याटल राउन्ड सिध्याइसकें । अब म लाईभ सो भोटिङ राउन्डमा पुगेको छु । अब मलाई तपाईँहरुको सपोर्ट चाहिन्छ । प्लिज मलाई भोट गरिदिनुहोला । भोट तपाईँहरुले खल्ती एप्सको माध्यमबाट गर्न सक्नुहुनेछ,’–परिश्नाले भनिन् । सो क्रममा परिश्नाले गीतसमेत गाएकी थिईन् ।

    त्यसैगरी परिश्नाका बाबु निर्मल बास्तोलाले पनि सबै दर्शकसमक्ष भोटको अपिल गरे । ‘लाईभ सो’ मा परिश्माको मात्रै मेहनतले नहुने भन्दै उनले सबैलाई भोट गर्न आग्रह गरे ।

    ‘परिश्ना उनको यो मेहनतले भोटिङ राउन्डसम्म आएको छ । अब चाहीँ परिस्नाको मात्रै मेहनत होइन, दर्शकको पनि आवश्यकता महसुश गरेको छु मैले । धेरैभन्दा धेरै भोट गरेर परिश्नालाई जिताउनुहुन्छ भन्ने मैले आश गरेको छु,’–उनले भने ।

    त्यसैगरी सामाजिक अभियन्ता तेजराज भुजेलले परिश्माका लागि एक भोट दिन आग्रह गरे । हामीले दिएको भोटका कारण भोलि राष्ट्रमा ठूलो प्रतिभाको जन्म हुने उनको दाबी छ । परिश्नाको अबको यात्रा दर्शकको हातमा रहेको उनले बताए । परिश्नामा रहेको क्षमतालाई नजर अन्दाज नगरिदिन पनि उनले आग्रह गरे ।

    ‘यी सानी नानीले मेहनत गरेर यहाँसम्म आइपुगेकी छन् । उनको अबको यात्रा चाहीँ तपाईँ हामीजस्ता दर्शकको हातमा छ । हामीले कतै राम्रो प्रतिभालाई छुटाउँछौं कि, हामीले गलत ठाउँमा भोट हाल्दा राम्रो प्रतिभा छुट्छ कि रु परिश्नालाई एक भोट दिँदै गर्दा भोलि राष्ट्रको लागि ठूलो प्रतिभा जन्मन्छ ।,’– उनले भने ।

    मोडल एवं कोरियोग्राफर दिक्पाल कार्कीले परिश्नालाई उत्कृष्ट कलाकार र प्रतिभाको रूपमा चित्रण गरे । परिश्नामा एउटा कलाकारमा हुनुपर्ने सबै प्रकारका गुण रहेको उनको दाबी छ ।

    द भ्वाइस किड्स नेपाल हिमालयन टेलिभिजनबाट हरेक साताको शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुने गर्दछ । भोटिङ राउण्ड आज बेलुकाबाट सुरु हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार