Online Nepal शुक्रबार, बैशाख २१ २०८१

त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या, उडान-अवतरण बन्द

त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या, उडान-अवतरण बन्द


मध्यान्तर
  • आइतबार, बैशाख १० २०८०

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि हवाई सेवा अवरुद्ध भएको छ ।

    सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

    कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको छ ।

    टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार