Online Nepal शुक्रबार, बैशाख ७ २०८१

शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन

शुक्रबार सिडनीको राउण्ड हाउस हलमा गुन्जने भए सुजन


मध्यान्तर
  • बिहिबार, बैशाख १४ २०८०

  • काठमाडौं । यूबा पुस्ता मांझ यतिबेला सांगितिक माहौल तताउंन सफल गायक हुन सुजन चापागाईं । के देश के परदेश ,सबैतिर यिनको क्रेज र वाहवाही राम्रै छ ।
    यसैबीच हाल सागिंतिक प्रस्तुती दिन अष्ट्रेलियाको बिभिन्न शहरहरूमा रहेका सुजन र उनको सांगितिक समूहले अष्ट्रेलियामा रहनु भएका नेपालीहरूको मन जितिरहेको छ । यसरी अष्ट्रेलियाका बिभिन्न शहरहरूमा आफ्ना धमाकेदार प्रस्तुति दिने क्रमलाई जोड्दै सुजन चापागाईं शुक्रबार साँझ सिड्नीको राउण्ड हाउस हलमा गुन्जने भएका छन । यही हलमा यो कार्यक्षमको आयोजकले यस अघि नेपालको चर्चित सांगितिक ब्याण्ड १९७४ एडिलाई उतारेको थियो ।

    सिड्नीमा धेरै इभेन्टहरुको आयोजना हुने गरेको तर सुजनको यो पहिलो इभेन्टचाहिं छुटाउंन नहुने तर्फ सिड्नीबासी नेपालीहरू लागि परेको देखिन्छ -‘ आजकाल त सिड्नीमा क्वालिटीको इभेण्ट नै हुँदैन भनेर नाक खुम्च्याउँने अनि भएको बेलामा चाहिं हेर्न नजाने जस्ता सोच हामीहरूले त्याग्नु पर्छ । त्यस कारण सुजन चापागाईंको कार्यक्रम त हेर्न जाने हो -‘ सिड्नीमा रहने यूबाहरूको तयारी यस्तो छ ।

    पछिल्लो समय यूबा पुस्ता मांझ गजब कै क्रेज बनाएका सुजनले तिनपाते, लजाएर, गाला पुक्क, बाफ, घुमीघुमी, चुलबुल चुलबुल र अहिलेको भाइरल गीत फुलथुगें रानी जस्ता हिट नम्बर गीत गाएर शुक्रबार सिड्नीमा रहनु हुने नेपालीहरूलाई धमाकेदार मनोरन्जन प्रदान गर्ने भएका छन ।

    प्रतिक्रिया
    थप समाचार