Online Nepal शनिबार, बैशाख २२ २०८१

नेपालमा बनेका सवारी दर्ता गर्न बाटो खुल्यो

नेपालमा बनेका सवारी दर्ता गर्न बाटो खुल्यो


मध्यान्तर
  • बिहिबार, बैशाख १४ २०८०

  • काठमाडौं । नेपालमा उत्पादन गरिएका सवारीसाधनलाई दर्ता गर्न मिल्ने गरी यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि २०६० लाई संशोधन तथा थप गरेको छ ।

    निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’

    यस्तै, नेपालमै उत्पादन भएको सवारी पनि दर्ता हुनेछ र यस्तो सवारीसाधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने विभागले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार