Online Nepal शुक्रबार, बैशाख २१ २०८१

किशोरी तथा महिलाका लागि ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

किशोरी तथा महिलाका लागि ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ


मध्यान्तर
  • शुक्रबार, बैशाख १५ २०८०

  • काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ ।

    इन्टरनेसनल गल्र्स ईन आईसीटी डे २०२३ को अवसरमा महासंघले वैशाख १९ (२ मे) देखि चार दिनसम्म सञ्चालन हुनेगरी उक्त तालिम आयोजना गर्न लागेको हो ।यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् ।

    सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, ईमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी सीपहरु, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई् तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

    उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ । कम्तीमा प्लस वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गल्र्स ईन आईसीटी डे मनाइन्छ ।

    यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न विश्भर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार