Online Nepal शुक्रबार, चैत्र १६ २०८०

कर्मचारीको व्यवस्थापनका लागि कठोर बन्छु : स्वास्थ्य मन्त्री बस्नेत

कर्मचारीको व्यवस्थापनका लागि कठोर बन्छु : स्वास्थ्य मन्त्री बस्नेत


मध्यान्तर
  • बुधबार, बैशाख २७ २०८०

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा कर्मचारी व्यवस्थानका लागि कठोर भएर काम गर्ने दाबी गरेका छन् ।

    आज स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको व्यवस्थापनका लागि आफू कठोर बन्ने बताएका हुन् ।

    “मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै यहाँ करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको भद्रगोल अवस्थाबारे बुझिसकेको छु, जोसुकैले खुट्टा तान्ने प्रयास गरेपनि म यो विषयमा कठोर भएर अघि बढ्छु, त्यसमा मिडियाले साथ दिनुपर्छ,” मन्त्री बस्नेतले भने ।

    आगामी आर्थिक वर्षका लागि आउन लागेको बजेटमा स्वास्थ्यमा ४० प्रतिशतले बजेट घटेर आउन लागेको र आएको बजेटको पनि भरपुर सदूपयोग हुनेगरी काम गर्ने उनले प्रतिवद्धता जनाए ।

     

    प्रतिक्रिया
    थप समाचार