Online Nepal बिहिबार, बैशाख ६ २०८१

पाँच वर्ष मुनिका बालबालिकालाई आज १३ प्रकारको खोप दिइँदै

पाँच वर्ष मुनिका बालबालिकालाई आज १३ प्रकारको खोप दिइँदै


मध्यान्तर
  • आइतबार, बैशाख ३१ २०८०

  • काठमाडौं  । स्वास्थ्य मन्त्रालयले आज आइतबार पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ । रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गरेका छन् । मन्त्री बस्नेतले एक भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन आग्रह गरेका हुन् ।

    नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।

     

    प्रतिक्रिया
    थप समाचार